बालेनको अग्रतापछि ठूला दलमाथि दीपकले गरे कटाक्ष
शनिबार, ३१ वैशाख २०७९, १६ : ३१
काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सबैको सर्वाधिक चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।
बालेनको अग्रतालाई लिएर सामाजिक संजालमा विभिन्न अनुमान लगाउन थालिएको छ । धेरैले महानगरपालिकाको मेयरमा बालेन साह विजय हुने अनुमान गरेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले पनि महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन् ,‘प्रारम्भिक मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण