जुम्लामा दलित समुदायका स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित
आइतबार, ०१ जेठ २०७९, १४ : १७
जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका तीन जना स्वतन्त्र उम्मेदवाहरु पनि विजयी भएका हुन् ।
दलित समुदायले उक्त वडामा स्वतन्त्र उम्मेदवारका रुपमा कामीलाई अघि सारेको थियो । धनबहादुरले २८८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कप्तान बहादुर शाहीले २२० मत ल्याए ।
वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल निर्वाचित भएकी छन्। महिला सदस्यमा भने काँग्रेसकी रामुदेवी काफ्ले निर्वाचित भएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण