हुम्लाको नाम्खामा माओवादीका प्रेमबहादुर विजयी
सोमबार, ०२ जेठ २०७९, १४ : ५३
हुम्लाको नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा विजयी भएका छन् । उनले १४६६ मतसहित विजयी भएका हुन्।
उनले स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामालाई पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार लामाले ६६२ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दिर लामा विजयी भएका छन्। उनी १०९४ मतसहित विजयी भएका हुन्। पुतली चिन्ह पाएका उपाध्यक्षका उम्मेदवार लाक्पा नुर्बु लामा ६५ मतसहित दोस्रो भएका छन्।
यस गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा नं ६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । यो पालिकामा काँग्रेस–माओवादीको गठबन्धन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण