कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
सारांश
- कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सुरक्षा र सतर्कता अपनाउन आग्रह गरेको छ।
- कुवेत र इराकका आधिकारिक निकायबाट जारी सूचना मात्र विश्वास गर्न, अफवाहमा नलाग्न र सामाजिक सञ्जालमा सेयर नगर्न राजदूतावासले अनुरोध गरेको छ।
- हवाई आक्रमण वा प्रतिरक्षा सम्बन्धी गतिविधि तथा घटनास्थलका तस्बिर वा भिडियो नखिच्न र शंकास्पद वस्तु नजिक नजान पनि आग्रह गरिएको छ।
काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षा र सतर्कताका लागि आग्रह गरेको छ।
राजदूतावासले कुवेत तथा इराकका आधिकारिक निकायबाट जारी हुने सूचना, निर्देशन र समाचार मात्र विश्वास गरी त्यसको पूर्ण पालना गर्न तथा अफवाहको पछि नलाग्न आग्रह गरेको हो।
साथै अफवाहपूर्ण सामग्री सामाजिक सञ्जालमा साझा नगर्न पनि अनुरोध गरिएको छ।
त्यसैगरी, सम्बन्धित सरकारले प्रतिबन्ध लगाएका कुनै पनि गतिविधिमा संलग्न नहुन र अरूलाई पनि त्यस्ता कार्य नगर्न प्रेरित गर्न राजदूतावासले आग्रह गरेको छ।
राजदूतावासले कुवेत सरकारले जारी गरेको सुरक्षा निर्देशनअनुसार आकाशमा देखिने हवाई आक्रमण वा प्रतिरक्षा सम्बन्धी गतिविधि तथा घटनास्थलका तस्बिर वा भिडियो नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न भनेको छ।
यसका साथै, कुनै अपरिचित वा शङ्कास्पद वस्तुको नजिक नजान, साइरन बजेको अवस्थामा बाहिर भए नजिकको सुरक्षित भवनभित्र प्रवेश गर्न तथा भवनभित्र भए सुरक्षित स्थानमै बस्न, सिसाको झ्याल वा बार्दली नजिक नबस्न आग्रह गरिएको छ।
कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा वा अन्य आवश्यक सहयोग परेमा नेपाली राजदूतावास, कुवेतमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण