अमेरिकामा लगनगाँठो कसे राज बल्लभले
सोमबार, १८ मङ्सिर २०७४, १० : २१
वासिङ्टन । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।
आइतबारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग लगनगाँठो कसेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् ।
उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसँगै शुभचिन्तक, साहित्यकारसमुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।
नायक कोईरालाले दुई महिना अगाडी विवाह गर्ने तय भएको सामाजिक सञ्जालमा लेखेका थिए ।






तस्विर : रमेश खनाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण