फिल्म ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री भएको छ । निर्माण युनिटले नमस्ते इन्टरटेनमेन्ट अमेरिकालाई शो राइट बिक्री गरेको हो । नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिम मिलेर संचालनमा आएको हो । अमेरिका राइटको बिषयमा नमस्ते इन्टरटेनमेन्ट र ‘भागवत गीता’ का निर्माता सुनिल कुमार थापाबीच मंगलबार सम्झौता भयो ।
फिल्म अहिले प्रि–प्रोडक्सनमा रहेको छ । फिल्मको निर्माण अगाडी नै अमेरिका राइट्स बिक्रि भएकोमा आफु उत्साहित भएको निर्माता थापाले बताए । फिल्मको केही साता अघि जनकपुरमा टिजर छायांकन भएको थियो । सुरु देखिनै फिल्मको प्रचार प्रसार गर्दै जाने योजना अनुसार सबैभन्दा पहिले टिजर छायांकन गरिएको बताइन्छ ।
साउनको अन्तिम साताबाट फ्लोरमा निस्कने ‘भागवत गीता’ मा सुहाना थापाको मुख्य भुमिका रहनेछ । टिजर पनि उनी माथी नै छायांकन गरिएको हो ।
फिल्मको अभिनेता र अन्य टिम केही समय पनि सार्वजनिक गर्ने निर्माण युनिटको योजना छ । फिल्मको स्कृप्ट लेखन अन्तिम चरणमा छ ।
झरनाकै निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ पनि अमेरिका प्रदर्शन अधिकार यसै कम्पनिले किनेको नमस्ते इन्टरटेनमेन्टका सञ्चालक मध्येका एक अमृत राईले बताए ।
‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण