माओवादीले जित्यो सुर्खेतको चौकुने
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ। ०७५ को स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिकामा नेतृत्व नपाएको माओवादीले यो पटक बहुमतसहित चौकुनेमा विजयी प्राप्त गरेको हो । माओवादीका खड्ग विकले ५ हजार ४७६ मत सहित पालिका अध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीलाई विकले २ हजार ६२ मतान्तरले पराजित गरे । अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे । ०७४ मा पालिकाको अध्यक्ष, उपाध्यक्ष नै जितेको एमाले अहिले पराजित भयो । यस्तै एकीकृत समाजवादीका रत्ना कुमारी बिसीले २९१ मत प्राप्त गरिन् । उपाध्यक्षका भने नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका नर बहादुर बान्तोलाले ४ हजार ७९१ मतसहित उपाध्यक्षमा निर्वाचित हुँदा निवर्तमान उपाध्यक्ष एमालेकी निर्मला मगरले ३ हजार ९ मत प्राप्त गरिन् । यस्तै एकीकृत समाजवादीका नारा प्रसाद देवकोटाले ७१५ मत प्राप्त गरे । निवर्तमान उपाध्यक्ष मगरले ०७४ मा ३ हजार ३५७ मत ल्याएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण