सगरमाथा आरोहणबाट फर्किएका गायक राजु लामाले भने- ‘चुचुरोमा टेकेपछि रोए’
चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा टेकेपछि आफु रोएको बताए । उनले शिखरबाट तल हेर्दा भावुक भएर रोएको बताएका हुन् । ‘मलाई देशप्रति अझ धेरै गर्भ भयो’ उनले भने ।
गत सोमबार शिखर आरोहण गरेका लामा बिहीबार काठमाडौँ फर्किएका छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित भव्य स्वागत गरिएको छ । सोही क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफु सगरमाथाको चुचुरोमा ३० मिनेटसम्म बसेको समेत जानकारी दिए ।
‘सगरमाथा आरोहण मात्र मेरो उद्देश्य थिएन । शिखर आरोहणको पछाडिको अर्को उद्देश्य जलवायु परिवर्तनका लागि चेतना फैल्याउने हो’ लामाले भने, ‘युवाहरूमा यो विषयमा राम्रो सन्देश जेहोस् भन्ने चाहन्थे ।’
सगरमाथा आरोहण सजिलो नभएर निकै च्यालेन्ज रहेको अनुभव समेत लामाले शेयर गरे । पहिले देखिनै च्यालेन्जका काम मनपर्ने भएकोले आफु आरोहणमा सफल भएरका फर्किएको उनले सुनाए । आरोहणको क्रममा लामाले दुई वटा कन्सर्ट समेत गरेका छन् ।
चढ्ने क्रममा ६,५७४ मिटर उचाइमा एक कन्सर्ट गरेका उनले फर्कने क्रममा ७ हजार ९ मिटरमा फेरि कन्सर्ट गरेको जानकारी दिए । ‘भगवानको कृपा र साथीभाई, आफन्त, शुभचिन्तक सबैको मायाले सगरमाथा चढ्न सफल भए’ उनले थपे । इम्याजिन नेपाल एक्सपिडिसनको टिमसँग सगरमाथा आरोह गरेका उनको टिम गत सोमबार विहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सगरमाथाको चुचुरोमा पुगेको थियो ।
इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चढेका थिए । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजन बिनै चुचुरो चढेका थिए । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागी थिए ।
लामाले जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका हुन् । एक कन्सर्ट गर्ने उद्देश्यसहित सगरमाथा आरोहण थालेका उनले दुई कन्सर्ट गरेका छन् । लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक हुन् । उनका थुप्रै गीत नेपाली सांगीतिक आकाशमा हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण