‘घनचक्कर’ असारमा रिलिज हुने
फिल्म ‘घनचक्कर’ १० असारमा सार्वजनिक प्रदर्शनमा आउँने भएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट, सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्मका निर्माता करुना अर्याल र संगम भट्ट हुन् । सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय रहेको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा रहेका छन् ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्ध, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण