तुलसीपुरको एउटै वडामा ९०६ मत बदर
शुक्रबार, ०६ जेठ २०७९, १४ : ५४
दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपप्रमुखको हो ।
तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । उनका अनुसार यो बदर मत अत्यधिक हो । त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए ।
तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् । यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण