‘बलात्कृत’ युवती बस्ने घरमा एसपी नेतृत्वको टीम
सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेर मोडल एजेन्सी सञ्चालकबाट आफू ‘बलात्कृत’ भएको आरोप लगाउने पिडित युवती बस्ने घरमा प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् ।
टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भाग–१ देखी भाग–२० सम्मको भिडियोमार्फत् उनले आफूमाथि हिंसा भएको भन्दै कारवाहीको माग गरेकी छिन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न तीब्र दबाब दिएका छन् । सञ्जाल प्रयोगकर्ताको दबाब पछि पीडितको सम्पर्कमा पुगेको प्रहरीले घटनाको जानकारी लिएर उनलाई ‘काउन्सिलिङ’ गरेको छ ।
पीडितसँग भेटेर घटनाबारे जानकारी लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने, ‘घटनाबारे जानकारी लिएर केशलाई कसरी स्थापित गर्न सकिन्छ भन्नेबारे कानुनविद्हरुसँग पनि छलफल गरिरहेका छौं ।’
कानुनी रुपमा हदम्याद नाघेको हुनाले आरोपीलाई तत्काल पक्राउ गरेर मुद्दा अगाडी लैजान सम्भव नहुने जानकारहरु बताउँछन् । पीडित बस्ने घरमा एसपी कोइराला, डिएसपी कोपिला चुँडाल र इन्स्पेक्टर गजेन्द्र रावल पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


