कपिलवस्तुको कृष्णनगरमा काँग्रेस विजयी
शुक्रबार, ०६ जेठ २०७९, १७ : ०७
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली काँग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरियालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित शाह काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचन कार्यालयका अनुसार शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रजौरियाले ४ हजार १ सय १२ मत ल्याए ।
यस्तै उपमेयरमा काँग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छन् । उनले एमालेकी विमलेश मौर्यालाई पराजित गरेकी हुन् । कृष्ण नगरमा १२ वटा वडामध्ये काँग्रेस र एमालेले ३/३, जसपा र माओवादीले २/२, राप्रपा र बहुजन शक्ति पार्टीले १/१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण