आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा आचार्य र थापाको मतान्तर ३,४४१

शुक्रबार, ०६ जेठ २०७९, १९ : १८
शुक्रबार, ०६ जेठ २०७९

पोखरा महानगरपालिकामा ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् ।

आचार्य र थापाबीचको मतान्तर ३४४१ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १९६६ मत ल्याएका छन् ।  उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३० हजार २६० मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ३० हजार १७६ मत ल्याएकी छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप