सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ईसीम पनि हुन सक्छ ह्याक

आइतबार, १६ वैशाख २०८१, १७ : ५२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । ईसीम अर्थात् विद्युतीय सीम कार्डलाई सुरक्षित मानिन्छ । सिम चोरी नहोस् र फिजिक सिम कार्ड बोक्ने झन्झट नहोस् भनेर ईसीम ल्याइएको हो । 

तर अब ह्याकरहरूले ईसीम प्रयोग गरेर फोन र बैंक पनि ह्याक गर्न थालेका छन् । ईसीममा रहेको एक कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले फोन ह्याक गरिरहेका छन् ।

साइबर सुरक्षा कम्पनीको दाबी

अहिलेसम्म सयभन्दा धेरै मानिसहरूको ईसीम ह्याकरहरुले ‘पोर्ट’ गर्ने कोसिस गरेको गरेको केहि दिन पहिले रुसको साइबर सिक्योरिटी फ्याक्टले आफ्नो एक रिपोर्ट मा दाबी गरेको थियो । यसअघि ह्याकरहरूले सोशल इन्जिनियरिङ्गको प्रयोग गरेर सिम कार्ड पोर्टिङका लागि दूरसञ्चार कम्पनीका डाटाबेसमा हमला गर्दथे ।

के हो ईसीम ?

ईसीम सफ्टवेयर आधारित सिम कार्ड हो । यसलाई क्यूआर कोड स्क्यान गरेर फोनमा इन्ष्टल गरिन्छ । अहिले प्रिमियम फोनमा मात्रै ई–सिमको सुविधा छ । ईसीम पोर्ट गरेर बैंक खाता, क्रिप्टो वालेटमा चोरी हुन सक्छ । 

फ्याक्टले ईसिम प्रयोगकर्ताहरूलाई आफ्नो फोनको सुरक्षा बलियो बनाउन, जटिल खालको पासवर्ड राख्न सुझाव दिइरहेको छ । टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गरेर बैंक खाताको पासवर्डसुरक्षित राख्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप