लुम्बिनी प्रदेशमा तीन जना स्वास्थ्यकर्मी बने जनप्रतिनिधि
वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा अन्य पेसाबाट आएकाहरु पनि चुनावी मैदानमा गएर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा ३ जना स्वास्थ्यकर्मी स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि बन्न सफल भएका छन् । पाल्पामा दुई र दाङमा एक जना गरी तीन जना स्वास्थ्यकर्मीहरुले स्थानीय चुनाव जितेका छन् ।
पाल्पाको माथागाढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् । नेकपा एमालेबाट माथागढी गाउँपालिकाको अध्यक्षमा यमबहादुर चिदी निर्वाचित भएका छन् । उनले ६ हजार १०९ मत ल्याउँदै नेपाली काँग्रेसका उम्मेदवार सन्तोषकुमार थापालाई पराजित गरेका हुन् । थापाले ५ हजार ५५४ मत ल्याएका छन् । उनी सिनियर अहेव पदमा काम गर्दै पछिल्लो समय पाल्पाका स्वास्थ बिमा प्रमुख पदमा थिए ।
उपाध्यक्षमा विष्णुमाया लुङ्चे मगर निर्वाचित भएकी छन् । पाल्पा जिल्लाको माथागाढी वडा नम्बर ६, गोठादीमा जन्मेकी विष्णुमाया लुङ्चे मगरले २८ वर्ष स्थानीय गोठादी स्वास्थ्य चौकीमा काम गरेकी थिइन् । स्वास्थ्य सेवाबाट राजीनामा दिएर एमालेका तर्फबाट उपाध्यक्षमा उम्मेदवार भएकी मगरलाई जनताले पत्याएका हुन् ।
उनी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको सदस्य समेत बनेकी थिइन् । स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सेवाबाट राजीनामा दिएर निर्वाचनमा होमिएकी उनले माथागढीमा नेपाली काँग्रेसकी विजया कुमारी भट्टराईलाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
लुङ्चे मगरले ५ हजार ८८२ मत ल्याएकी छन् भने भट्टराईले ५ हजार ६४४ मत ल्याइन् । उनले रातोपाटीसँग भनिन्, ‘हिजो पछाडि परेको ठाउँमा जनतालाई स्वास्थ्य सेवा गरेँ, आज मलाई त्यही जनताले गाउँपालिकाको नीति निर्माण गर्ने ठाउँमा बस्ने आज्ञा दिए ।’ उनले स्वास्थ्य, शिक्षासँगै महिला सशक्तिकरणका क्षेत्रमा आफूले काम गर्ने बताइन् ।
यस्तै दाङको बंगलाचुली गाउँपालिकाको उपाध्यक्षमा अर्का स्वास्थ्यकर्मी भक्त बहादुर जिसीले जितेका छन् । उनी लामो समयदेखि स्वास्थ्यकर्मीको रुपमा विभिन्न ठाउँमा काम गरेका थिए । अहेव पदमा रहेर काम गर्दै आएका उनी पार्टीले टिकट दिने सम्भावना देखेपछि राजीनामा दिएर उम्मेदवार बनेका थिए । उनी नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण