आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अपडेटः मेयर र उपमेयरमै गठबन्धनको अग्रता, कसको कति मत ?

शुक्रबार, ०६ जेठ २०७९, २० : १२
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकामा खसेको मध्ये कुल ६१ हजार २५ मत गणना सकिएको छ । शुक्रबार राति ८ बजेको मतपरिणाम अनुसार सत्ता गठबन्धनका मेयर र उपमेयरका दुबै उम्मेदवार अघि रहेका छन् । गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले  २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् । 

यस्तै एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १९ हजार ७४६ मत पाएका छन् भने राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १५ हजार ५७६ मत पाएकी छन् । 
यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ८५२९ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप