गुमानसिंह : प्रधानपञ्चदेखि मेयरसम्म
कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेंसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् ।
झन्डै ४ दशक जनप्रतिनिधि भएर काम गरेका ६५ वर्षीय अर्याल पाँच वर्ष जनप्रतिनिधि भएर पुनः मेयरमा निर्वाचित भएसँगै बेंसीशहर नगरपालिकाको पदभार सम्हालेका छन् । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेका उनी ०४३ सालमा बेंसीसहर गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यतिबेलाका चर्चित व्यक्तित्वहरू रणबहादुर अधिकारी, गणेशबहादुर रावल, बमबहादुर अर्याल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायत ७ उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च बनेका थिए । उनीसँगै जिल्लाभर ४ जना जनपक्षीय उम्मेदवारले चुनाव जितेका थिए ।
०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनायो । नेपाली काँग्रेसका रणबहादुर अधिकारीसँग चुनाव लडेका बालकृष्ण बराल पराजित भए । भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए । ०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई फेरि बेंसीशहर गाविसको अध्यक्षमा उठायो । काँग्रेस उम्मेदवार बेंसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल गाविस अध्यक्षमा निर्वाचित भए ।
०७४ को निर्वाचनमा पनि अर्याल काँग्रेसका भेषबहादुर पौडेललाई हराउँदै नगर प्रमुख बने । ०७४ मा एमाले–माओवादी केन्द्र चुनावी एकताबाट बेंसीसहर नगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि एमालेका उम्मेदवार अर्याल गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले काँग्रेस उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण