सुनम्रता तथा आरोनले जिते ‘किड्स क्यापिटल’को उपाधि
सौन्दर्य प्रतियोगीता ‘किड्स क्यापिटल–२०२२’ को उपाधि सुनम्रता बज्राचार्य तथा आरोन श्रेष्ठले जितेका छन् । उनीहरुले ११ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात परेका हुन् । सुनम्रता छात्रा र आरोहण छात्र तर्फको विजेता बनेका हुन् ।
प्रतियोगितामा नम्रता बज्राचार्यले फस्ट रनर्सअप, अक्षता श्रेष्ठले सेकेण्ड रनर्सअप, देव्यानी खड्काले थर्ड रनर्सअप तथा अनुष्का खड्काले फोर्थ रनर्सअपको उपाधि हात परे । शनिवार ललितपुरमा आयोजित प्रतियोगितामा प्रसिन कर्माचार्य, स्टेला कडायत र आश्रृया थापा किड्स क्यापिट फेसन एम्बासडर घोषित भए ।
प्रतियोगितामा युवान श्रेष्ठ तथा आश्भी केसीले लिटिल स्टारको उपाधि जिते भने कीन्स श्रेष्ठ तथा नायूमा श्रेष्ठले लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि हात पारेका थिए ।
१३ जना प्रतियोगी रहेको प्रतियोगीतामा शिर्ष उपाधि विजेता सुनम्रता र आरोनले म्युजिक भिडियो अभिनय अवसर समेत पाएका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस्ले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्कीले गरेका थिए ।
संचारकर्मी कृष्ण भट्टराई, कलाकार गजित विष्ट, गायक कृष्ण बिक, मोडल जोर्डन राजभण्डारी, मोडल प्रिया रानी लामा तथा इभेन्ट मेनेजर कोमलनाथ कोइराला निर्णायक रहेको प्रतियोगीतामा बालकलाकार पेरिष्ना बास्तोलालाई ‘मिस लिटिल आइकन नेपाल’ को उपाधिले सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण