कर्णालीमा तीन दिन भव्यताका साथ गणतन्त्र दिवस मनाइने
कर्णाली प्रदेशमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने तयारी थालिएको छ । जेठ १४, १५ र १६ गते कर्णालीका सम्पुर्ण सार्वजनिक कार्यालयमा दिप प्रज्वलन गरिने भएको हो ।
प्रदेश सरकारले सोही अनुसार निर्देशन समेत दिइसकेको छ । कर्णाली प्रदेशवासी नागरिक सबैले घर–घरमा गणतन्त्र दिवसका अवसरमा दिप प्रज्वलन गर्न ‘गणतन्त्र दिवस–२०७९ समारोह समिति’ले आग्रह समेत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा गठित ‘गणतन्त्र दिवस–२०७९ समारोह समिति’ मा प्रदेशका मन्त्री, प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपरथी पश्चिम कमाण्ड हेडक्वाटर, प्रदेश सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल ६ नं. महेश्वरी बाहिनी मुख्यालय, वरिष्ठ प्रहरी उपरीक्षक प्रदेश प्रहरी कार्यालय, अनुसन्धान निर्देशक र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेका छन् भने प्रदेश सचिव प्रेमप्रसाद आचार्यलाई सदस्य सचिवको रुपमा राखिएको छ ।
जेठ १४ गते प्रदेशका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा फहराउने एवंम ब्यानर सजाएर आ–आफ्नो कार्यालयमा सरसफाई गर्ने, सोही दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले समन्वय गरी सुरक्षा निकाय, खेलाडी, राजनीतिक दलका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाको सहभागितामा सार्वजनिक स्थल र बजार तथा चोकहरुमा सरसफाई गर्ने कार्यतालिका तय गरिएको छ । दिवसका दिन विहान ७ बजे प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभातफेरी शुरु गरेर वीरेन्द्रचौक हुँदै पिपलचौताराबाट सिटी हलमा प्रवेश गरी समारोहमा परिणत हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण