निर्देशनबाट पुनरागमन गर्दै इमरान खान
मुम्बई/ फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भाञ्जासमेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् ।
इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनित पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । फिल्म असफल भएपछि उनी पनि अभिनय करियरबाट टाढिएका थिए । फिल्मबाट टाढिएपछि उनले प्रेमिका अवन्तिकासँग विवाह गरे । तर, दुर्भाग्य अहिले अवन्तिकासँगको सम्बन्धविच्छेदका कारण इमरान चर्चामा छन् ।
इमरान निकटका अनुसार उनी अब निर्देशनमार्फत फिल्ममा फर्कने तयारीका लागि स्क्रिप्टको काम गरिरहेका छन् । उनी सन् २०२३ बाट सुटिङ सुुरु गर्ने योजनामा छन् । ‘इमरान लामो समयदेखि निर्देशनमा आउन चाहन्थे । उनलाई अब अभिनयभन्दा पनि निर्देशनमा आउने चाहना छ । त्यही चाहना पूरा गर्न जोडतोडका साथ काम गरिरहेका छन्,’ उनी निकट स्रोतले भन्यो । उनी आफूले निर्देशन गर्ने फिल्ममा अभिनय गर्छन् या गर्दैनन् भन्ने चासो आम दर्शकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण