बबी देओलले भने, ‘मलाई आफैँमाथि दया लाग्न थालेको थियो, बच्चाका लागि हार मानिनँ’
सन् १९९५ मा आएको फिल्म ‘बरसात’ बाट मुख्य कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका बबी देओलले फिल्म उद्योगमा २५ वर्ष पूरा गरिसकेका छन् ।
यस क्रममा उनले विभिन्न चरणहरू देखे। उनले स्टारडमको युग देखे जब उनको लामो कपाल र सनग्लास युवाहरूमा क्रेज थियो, र खराब समय पनि जब उनको फिल्म आउन बन्द भयो ।
हाल, बबी देओल ठूलो पर्दा र ओटीटी दुबैमा सक्रिय छन्।
बीबीसी हिन्दीसँगको कुराकानीमा बबी देओलले आफ्नो करियरको हरेक चरणको बारेमा कुराकानी गरेका छन् । यस्तै उनले एकपटक त आफैँमाथि दया लाग्नसमेत थालेकोसमेत बताए ।
बबी देओल भन्छन्, ‘सुरुको सात(आठ वर्षमा मेरो करियर राम्रै चल्यो । पहिले म पहिला म कुराहरुलाई फेस भ्यालुमा लिने गर्दथेँ । मलाई थाहा थिएन कि मानिसहरूले पछाडिबाट तपाईंको काम खोस्नेछन् । त्यसैले मैले धेरै प्रोजेक्ट गुमाएँ । त्यसपछि तपाईं बिस्तारै गलत फिल्महरू छनोट गर्न थाल्नुहुन्छ । मानिसहरू किन तपाईंसँग काम गर्न चाहँदैनन् भन्ने कुरा तपाईंले बुझ्न सक्नुहुन्नँ । अचानक तपाईंले हार मान्न थाल्नुहुन्छ ।’
आफ्नो कठिन समयलाई सम्झँदै बबी भन्छन्, ‘म आफैंमा दुःखी हुन थालेको थिएँ । मैले यस्तो कहिल्यै गर्नुहुँदैनथ्यो । जब म बाहिर जान्थेँ, मेरा फ्यानहरूले मलाई भेट्थे । उनीहरूले ‘सर हामीले तपाईंलाई पर्दामा देख्नुपर्छ’ भन्थे । त्यसपछि मलाई लाग्थ्यो कि यदि मेरा फ्यानले मलाई हेर्न चाहन्छन् भने मैले काम किन पाइरहेको छैन ?’
‘बुवा, तपाईं घरमै बस्नुहोस्, काममा जानुहुन्नँ ? ’
बबी देओलले आफू कहिल्यै ठूलो स्टार वा सुपरस्टार बन्ने चक्करमा नपरेको बताउँछन् । उनलाई त मानिसको मनमा ठाउँ बनाउन मनपर्छ । तर, एकपछि अर्को धेरै फिल्महरू बक्स अफिसमा असफल भएपछि मानिसहरूले उनीसँग काम गर्न अस्वीकार गर्न थाले ।
उनका अनुसार उनले एक समय त हार मान्न थालेको बताए । उनी भन्छन्, ‘मेरा छोराहरू सानै थिए । उनीहरूले मलाई भन्थे ‘बाबा, तपाईं घरमा मात्रै बस्नुहुन्छ, काममा जानुहुन्नँ । मम्मी काममा जानुहुन्छ । त्यसपछि मलाई महसुस भयो कि आखिर मैले के गरिरहेको छु ?’
उनी भन्छन्, ‘मैले हार मानेको छैन भन्ने महसुस गरेँ । म घरमा बसिरहेको र मेरी श्रीमती काम गरिरहेकी छन् भन्ने मेरा छोराछोरीले हेरिरहेका छन् । मैले आफ्ना बच्चाहरूका लागि राम्रो उदाहरण बन्ने निर्णय गरेँ । यदि मैले हार मानेँ भने मेरा बच्चा कसरी अघि बढ्छन् भन्ने लाग्यो । त्यसपछि आफैँले कडा मेहनत गरेर आफ्नो स्वास्थ्यको ख्याल गर्न थालेँ ।’
खराब समयमा सलमानले दिए साथ
बबी देओलले आफ्नो खराब अवस्थाको बारेमा बताउँदै सलमान खानको सल्लाह पनि उल्लेख गरेका छन् । उनका अनुसार यस क्रममा उनले दाह्री पालेको बताएका थिए ।
उनी भन्छन्, ‘सलमानले मलाई भेट्दा ‘किन दाह्री पालेको ’ भनेर प्रश्न गर्दथे । म उसलाई मायाले मामू भन्छु, ‘मलाई कसैले पनि काम दिँदैन’ पनि भन्थेँ । मेरो यस्तो कुरामा सलमान भन्थे, ‘जब मेरो खराब समय चलिरहेको थियो तब म सञ्जयको पिठ्युँमा चढेको थिएँ । ’ त्यसपछि मैले ‘मामू, मलाई अब मलाई तिम्रो पिठ्युँमा चढ्न देउ, मलाई पनि काम देऊ’ भनेँ । त्यसपछि मैले रेस–थ्री पाएँ ।’
शेखर कपुर बबी देओललाई लञ्च गर्न लागेका थिए
बीबीसीसँगको कुराकानीमा बबी देओलले आफ्नो करियरको सुरुवाती दिनको बारेमा पनि खुलेर कुरा गरे । उनले बुवा धर्मेन्द्रको फिल्म ‘धर्मवीर’ मा बाल कलाकारको रुपमा काम गरेका थिए । यसबारे एउटा किस्सा सुनाउँदै बबी भन्छन्, ‘जब म ६ वर्षको थिएँ, बुबा आएर मेरो बाल्यकालको भूमिका तिमीले गर्छौ भनेर सोधेका थिए, मैले भनेँ, ‘किन नगर्ने ?’ त्यतिबेला मेरो लुगा एकै रातमा बनाइएको थियो । ’
बबी देओलले आफ्नो पहिलो फिल्म शेखर कपुरले निर्देशन गरेको र यसको सुटिङ २७ दिनसम्म चलेको बताए । तर शेखर कपुरलाई हलिउडबाट अफर आयो, जसका कारण फिल्म पूरा हुन सकेन ।
बबी देओल भन्छन्, ‘अचानक उनलाई हलिउडबाट अर्को फिल्मका लागि अफर आउँदा मेरो बुवाले ‘यो मेरो छोराको पहिलो फिल्म हो, यो फिल्म गर्ने कि हलिउड गर्ने, यो निश्चित गर’ भन्नुभयो । शेखर कपुर अर्को फिल्म गर्न गए ।’
बबी देओल भन्छन्, ‘त्यतिबेला राजकुमार सन्तोषीले फिल्म ‘घायल’ बनाइसकेका थिए, दाइको उनको राम्रो मित्रता थियो । सन्तोषी पनि उत्साहित थिए । फेरि सुटिङ सुरु भयो । झण्डै २ वर्ष लाग्यो । त्यसपछि सन् १९९५ मा पहिलो फिल्म रिलिज भयो । मेरो सनग्लास र लामो कपाल एउटा ट्रेन्ड बन्नेछ भन्ने मलाई विश्वास थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण