जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइयो, तस्बिरहरु
सोमबार, १६ जेठ २०७९, १८ : ५१
मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको सव काठमाडौं ल्याइएको छ । २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौं ल्याइएको हो ।
प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । दश जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं ल्याएको जनाइएको छ । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । शवहरूलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने जनाइएको छ । शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण