कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित
रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् । त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना रहेको निर्वाचन अधिकृत रामचन्द्र लुइँटेलले जानकारी दिएका छन् । कार्यपालिका सदस्यको निर्वाचनमा एमाले बाट उम्मेदवारी दिएका हेमप्रसाद साह पराजित भएको अधिकृत लुइँटेलले बताए ।
यस अघि कटहरिया ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष चन्दन कुश्वाहाले निर्वाचन अधिकृतका कारण एमाले समर्थित ४ जना मानिस कार्यपालिकाको उम्मेदवारी बाट वञ्चित भएको आरोप लगाएका थिए । लुइँटेलले भने निर्धारित समयमा न आएको कारण उम्मेदवारी दिन नसकेको प्रतिक्रिया दिएका थिए ।
गत ३० गते भएको निर्वाचनमा कटहरिया नगरपालिकामा काँग्रेस पार्टीबाट मेयरमा अजय प्रकाश जयसवाल, उपमेयरमा रिता देवी यादवका साथै ४ जना वडा अध्यक्ष तथा २६ जना सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण