मुद्दाको निर्णयपछि के भन्छन् जोनी डेप र एम्बर हर्ड ?
हलिउड अभिनेता र तीन पटक ओस्करमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेपछि सामाजिक सञ्जालमा एक बयान जारी गरेका छन् ।
जोनी डेपले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘६ वर्ष अघि, मेरो जीवन, मेरा बच्चाहरूको जीवन, मेरा नजिकका मानिसहरूको जीवन र वर्षौँदेखि मलाई समर्थन गर्ने मानिसहरू सधैंका लागि परिवर्तन भए ।’
‘एकै पलमा ।’
उनले लेखेका छन्, ‘मिडियामार्फत ममाथि गम्भीर आपराधिक आरोप लगाइयो, जसले गर्दा मविरुद्ध घृणायुक्त सन्देशको बाढी नै आयो ।’
‘र ६ वर्ष पछि, जूरीले मलाई मेरो जीवन फिर्ता दियो । मैले यो मुद्दामा अघि बढ्ने निर्णय निकै सोचेर–बुझेर मात्रै लिएको थिएँ । सुरुदेखि नै मेरो लक्ष्य वास्तविकतालाई अगाडि ल्याउनु थियो र यस्तो गरेर म शान्त महसुस गरिरहेको छु ।’
एम्बर हर्डले के भनिन् ?
एम्बर हर्डले जोनी डेपसँग आफ्नो मुद्दा हारेपछि सामाजिक सञ्जालमा आफ्नो निराशा व्यक्त गरेकी छिन् । पूर्व पतिको शक्ति र प्रभावले प्रमाणको पहाड अघि राख्दा पनि अपुग भएपछि मेरो मन टुटेको छ । ’
उनले लेखेकी छिन्, ‘अन्य महिलामा पनि यो निर्णयको प्रभाव पर्ने भएकोले म झनै निराश छु । यो एउटा झट्काभन्दा कम होइन । यो महिला विरुद्ध हुने हिंसालाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने विचारमा प्रहार हो । मैले यो मुद्दा हारेकोमा मलाई असाध्यै नै दुःख लागेको छ ।’
— Amber Heard (@realamberheard) June 1, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
