आजदेखि मण्डलामा ‘चोरको स्वर’
नाटक ‘चोरको स्वर’ को मञ्चन आजबाट हुने भएको छ । मण्डला थिएटरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुने मण्डला थियटरले जनाएको छ । नाटकको शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत हुनेछ ।
आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक लिम्बू समुदायमा हुने भागी विवाहको बिषयमा आधारित छ । जवान लिम्बू केटाले केटी भगाएपछि केटा पक्षबाट तपाइँको छोरी चेली हाम्रो साथमा छ, हाम्रो छोरा–भतिजले माया गरेर, खुसीसाथ राखेको छ भनेर जानकारी दिने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ । नाटकले लिम्बू संस्कार, रीतिरिवाज अनुसार विवाहको प्रसंग अघि बढ्छ । नाटकले यी विषयमाथि गहिरिएर देखाउने छ ।
नवीन चौहानको कथा, अनिल सुब्बा र अन्वेश राई थुलुङको परिकल्पना तथा निर्देशन रहेको नाटक असार १५ गतेसम्म साेमबार बाहेक नियमित मञ्चन हुनेछ । नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापामगर, वेदना राईलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिडियो कन्फरेन्समार्फत २ हजार २७६ आरोपीको म्याद थप
-
भासिएको पुलमै गुडिरहेका छन् गाडी
-
राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण