रैथाने बाली प्रवर्द्धन गर्न तेस्रो जुम्ला महोत्सव आयोजना गरिने
जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ ।
पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी भदौ १९ देखि २९ गते सम्म १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गर्ने जनाएको हो । त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले जुम्लाको आर्थिक अवस्था वृद्धि र रैथाने बालीमा जोड दिनका लागी महोत्सवको आयोजना गरिने बताए ।
कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न, जुम्लाको स्थानीय कला र संस्कृतिको संरक्षण, पर्यटन तथा रैथाने बालीको प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने उनको भनाइ छ ।
'दर्शकलाई अर्ग्यानिक स्वाद चखाउन अर्ग्यानिक स्टल राखिने छ । मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । अझैं साढे दुई महिना बाँकी रहेकाले महोत्सवलाई विगतको भन्दा व्यवस्थित गर्न महासंघको टिम पूर्वतयारीमा जुटिरहेको छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण