लघुकथा : जिताउने शर्त
चुनाव जितेपछि आज भोलि फुर्सद नै छैन होमबहादुरजीलाई । विजय जुलुश, पदस्थापना अनि सम्मान कार्यक्रममा जानै पर्यो । आज अञ्जनीकुमारलाई स्थानीय युवा क्लबको सम्मान कार्यक्रम थियो । क्लबका युवाहरूको नै निर्णायक मत रह्यो, यसपटक होमबहादुरजीलाई विजय गराउन । त्यसकारण उनी सम्मान कार्यक्रममा जानै पर्थ्यो ।
चुनाव जिताउने शर्तमा संस्थागत र व्यक्तिगत रुपमा करिब दुई लाख रुपैयाँ ल्याएका छन् युवा क्लबका पदाधिकारीहरुले । सम्मान ग्रहण गर्न अतिथि बनेर मञ्चमा बसेको बेलामा उनको मोवाइलको घण्टी बज्यो ।
फोन बैंकबाट आएको रहेछ । बैंकका ब्राञ्च म्यानेजर बोल्दै थिए, “सर हजुरको दुईवटा चेक आएको छ । एउटा बजरङ्ग युवा क्लब र अर्को हनुमान युवा क्लबको नाममा छ । रकम एउटामा एक लाख पचास हजार छ भने अर्कोमा दुई लाख पचास हजार छ । तर मितिमा डबल राईटिङ छ, पेमेन्ट दिऊँ कि के गरौँ भनेर एक पटक सोध्या ।”
होमवहादुरले दायाँ र बायाँ हेरे, आयोजक क्लबका युवाहरूको ध्यान आफ्नै काममा थियो । “कतै यिनीहरुले थाहा पाउलान् भन्ने पीर,” उनी मनमनै बोले ।
“सर के गरुँ ?” म्यानेजरले पुनः प्रश्न गरे ।
व्यापार गरेर राजनीतिमा लागेको साथी नरेशको सल्लाह मानेर चुनाव जिताउने शर्तमा चुनाव पछिको मिति राखेर दिएका थिए चेक । आज एकै पटक साट्न पुगेछन् ।
“सर” म्यानेजरले फेरि बोलाए ।
“हुन्छ पेमेन्ट दिनु । सकिन्छ भने एउटालाई दिएर पठाई सकेपछि मात्र अर्कोलाई दिनुहोला, म्यानेजर साब । नमिले कम्तिमा फरक फरक काउन्टरबाट भुक्तानी दिनु होला है” भन्दै मोवाइल राखे ।
सम्मान गर्न फूलको माला आउन ढिलो भएर कार्यक्रम रोकिएको रहेछ । फूलमाला आउने बित्तिकै कार्यक्रम अगाडि बढ्यो ।
पोखरा–७,मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण