पूजा र आकाशको ‘सम्झना–बिर्सना’ असार ३१ मा
प्रेम कथानक चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगित भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । ‘रिल’ र ‘रियल’ दुवैमा जमेको जोडीका रूपमा चर्चित पूजा र आकाशलाई दर्शकले अब यही चलचित्रमा सँगै हेर्न पाउने छन् ।
निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा,आकाशका साथमा सुनिल थापा,छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।
दार्जिलिङ,सिल्गुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको संवाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् । शिव ढकालले खिचेको चलचित्रका गीतमा राजन ईशान र सुदर्शन तामाङको सङ्गीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.विशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउँछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल
-
भिडियो कन्फरेन्समार्फत २ हजार २७६ आरोपीको म्याद थप
-
भासिएको पुलमै गुडिरहेका छन् गाडी
-
राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण