अनुशासन आयोगद्वारा भुसाललाई कारबाहीको सिफारिस

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।
भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने सुझाएका थिए । ती सदस्य रातोपाटीसँग भने, 'गत १८ गते आयोगको सचिवालय बैठक बसेको थियो । सुरुमा वहाँलाई स्पष्टीकरण सोध्ने भनिएको थियो । तर पछि कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय भयो ।'
यता आयोगका अध्यक्ष केशव बडालले रातोपाटीसँग पत्र लेखेको पुष्टि गर्दै गर्दै भने, 'आएको उजुरीको आधारमा वा सार्वजनिक ढंगले व्यक्त गरेका र आयोगले देखेको विषयहरुको बारेमा आयोगले अध्ययन गर्छ र केन्द्रीय कमिटीलाई पत्र लेखेर पठाउँछ । पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न पाइँदैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही
-
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको आरोप
-
नक्कली नोट सहित एक जना पक्राउ
-
भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे
-
श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न एआईले सम्झाउने