अनुशासन आयोगद्वारा भुसाललाई कारबाहीको सिफारिस
नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।
भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने सुझाएका थिए । ती सदस्य रातोपाटीसँग भने, 'गत १८ गते आयोगको सचिवालय बैठक बसेको थियो । सुरुमा वहाँलाई स्पष्टीकरण सोध्ने भनिएको थियो । तर पछि कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय भयो ।'
यता आयोगका अध्यक्ष केशव बडालले रातोपाटीसँग पत्र लेखेको पुष्टि गर्दै गर्दै भने, 'आएको उजुरीको आधारमा वा सार्वजनिक ढंगले व्यक्त गरेका र आयोगले देखेको विषयहरुको बारेमा आयोगले अध्ययन गर्छ र केन्द्रीय कमिटीलाई पत्र लेखेर पठाउँछ । पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न पाइँदैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण