माओवादी जनप्रतिनिधि भन्छन्– हुम्ली जनताको जीवनस्तर उकास्ने गरी काम गर्छौं
नेकपा (माओवादी केन्द्र) को तर्फबाट हुम्ला जिल्लाका विभिन्न गाउँपालिकामा विजयी जनप्रतिनिधीहरुले जनताको जीवनस्तर उठ्ने गरी आफ्नो कार्यकालको सदुपयोग गर्ने बताएका छन् । शनिबार संवाद डबली तथा सो पार्टी निकट अखिल क्रान्तिकारी हुम्लाको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रममा उनीहरुले माओवादीकै नेतृत्वमा व्यवस्था परिवर्तन भएको र अब हुम्ली जनताको अवस्था परिवर्तन गर्न आफूहरु लाग्ने बताए ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’ले आफूहरुले १० वर्षे जनयुद्धकालमा पार्टीले खटाएका हरेक मोर्चाहरुमा इमान्दार र प्रतिबद्ध भएर कार्य गरेको र अहिले पालिकाको जिम्मा लिन भनेकोले सो मोर्चामा पनि मेहनत गर्ने बताए । पार्टी केन्द्रीय सदस्यसमेत रहेका उनले हुम्ली जनताको विगतको जस्तो अवस्थाबाट उकास्ने बताउँदै भने, ‘जनयुद्धले हामीलाई चेतनास्तर बढायो, व्यवस्था बदल्यौँ अब आर्थिक अवस्था बदल्ने प्रयास गर्नेछौं ।’
त्यसैगरी ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले जनताको आधारभूत आवश्यकताहरु पूरा भएसँगै दीर्घकालिन रुपमा जनस्तर उठाउने औद्योगिक विकास र स्थायी आय आर्जनका योजनाहरु अगाडी बढाउने बताए । पार्टी कर्णाली प्रदेश कमिटी सहसचिव समेत रहेका जैसीले पहिलो कार्यकालमा प्रशासनिक, नीतिगत तथा अनुभवको कमीका कारण व्यापक अनियमितताका घटना भएपनि अब कम्तिमा अपारदर्शितताका मुद्दा नियन्त्रण गर्ने पहिलो प्राथमिक कार्य हुने बताए ।
सो पार्टीका जिल्ला संयोजक डा.दीपेन्द्र रोकायाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिँदै पार्टीले पठाएका जनप्रतिनिधिहरुले मानव विकासमा आधारित विकास गर्नुपर्ने र सो को लागि बालबालिकामा लगानी, युवालाई रोजगारी, जेष्ठ नागरिकलाई सम्मान र सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेश योजना आयोगका सदस्यसमेत रहिसकेका डा.रोकायाले अब बन्ने नीति तथा कार्यक्रम र बजेट दिगो विकासमा आधारित भई आवधिक योजना र प्राथमिकताका आधारमा अगाडि बढाउन आग्रह गरे । उनले शिक्षा, स्वास्थ्य उद्यमशिलता र रोजगारको वातावरण बनाउन र जनताको सेवक बन्न र सुशासनको वातावरण निर्माण गर्न सुझाव दिए ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले नाम्खा गाउँपालिका अरु गाउँपालिका भन्दा हरेक हिसाबले सम्भावनाले भरिएकोले केन्द्र र प्रदेश सरकारले साथ दिए नमुना गाउँपालिका बनाउ सम्भव रहेको बताए । अग्रज र पार्टीले दिने सुझाबलाई आत्मसाथ गर्दै नाम्खाका जनताको जनजीवन सुदृढ पार्ने काममा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जाहेर गरे ।
सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की ‘मुक्ति’ ले सर्केगाढको प्रथम कार्यकाल माओवादी नेतृत्वले नै चलाएकाले धेरै कार्यको आधार बनिसकेकाले अबको कार्यकालमा जनताको जीवनस्तर सुधार्न अझ सहज हुने बताए ।
माओवादी सर्केगाड गाउँ कमिटी अध्यक्षसमेत रहेका उनले व्यापक बुद्धिजीवी र सम्भावना भएको गाउँपालिकाको रुपमा परिचित सर्केगाढमा चुनौतीसँगै सम्भावन उत्तिकै रहेको बताए । कार्कीले हरेक कामकारबाही अगढी बढाउँदा पार्टी र जनतासँग अनिवार्य समन्वय गर्ने बताए ।
खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले विगतमा पनि पार्टी र क्रान्तिको निम्ति अहो रात्र खटेको र अब जनताको दैनदिनको जीवन सुधार्न र समृद्धिकोलागि खट्ने प्रतिबद्धता जाहेर गरे ।
हुम्ला जिल्लाको शिक्षा र स्वास्थ्य सुधार्न भूमिका खेल्दै आएको आधार नेपालका देशीय निर्देशक प्रह्लाद ढकालले आफूहरुले नाम्खा र सिमीकोट गाउँपालिकामा बनाएका नमुनि शिक्षलयहरु जिल्लाभरी विस्तार गर्न सकिने र बालबालिकालाई जिल्लामै गुणस्तरीय शिक्षा दिने वातावरण तयार गर्न सुझाव दिए । उनले जनप्रतिनिधिहरूलाई बधाई तथा सफल र अब्बल कार्यकालको शुभकामना दिँदै विगतका जनप्रतिनिधिहरु भन्दा फरक कार्य गर्न सुझाए ।
कार्यक्रमका सभा अध्यक्ष तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पदम नेपालीले नवनिर्वाचित अध्यक्ष–उपध्यक्षहरुलाई शुभकामना दिँदै आफ्नो अर्काको नभनि राम्रो कार्यमा साथ तथा गलतमा औँला ठड्याउने विद्यार्थी चरित्र भएकोले सतर्क रहन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण