दश महिनामा १४६ गर्भवती महिलाको हवाई उद्धार
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।
यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालु आर्थिक २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण