‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने
‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । विगतका वर्ष झै यसवर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाई भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनोट आगामी ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ ।
फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का