भारतीय अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक, मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना
भारतका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक भएका कारण उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतले धर्मेन्द्रको निकै नजिकको स्रोतले यस्तो बताएको जानकारी दिएको छ ।
यद्यपि, हालसम्म परिवारको तर्फबाट यसबारे कुनै पनि आधिकारिक जानकारी दिइएको भने छैन । उनका दुबै छोरा (सनी र बबी देओल) उनलाई निकै गोप्य तरिकाले अस्पतालमा भेट्न गइरहेको बताइएको छ ।
अघिल्लो महिना पनि भर्ना भएका थिए
अघिल्लो महिना मेको सुरुवाती हप्तामा पनि धर्मेन्द्रले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए । यसमा उनले थोरै लापरवाहीका कारण समस्या देखिएको बताएका थिए । अब एकपटक पुनः ८६ वर्षका धर्मेन्द्रको स्वास्थ्यमा समस्या देखिएको छ । धर्मेन्द्रले करण जोहरको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । धर्मेन्द्रले अघिल्लो महिना बिरामी भएर निको भएपछि सुटिङ सुरु गरेका थिए । तर अहिले भने उनको स्थिति नाजुक बताइएको छ ।
‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए
एक महिना अघि मात्रै धर्मेन्द्र आफ्नो नयाँ फिल्म ‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए । यतिबेला पनि उनलाई ब्रिच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । केही दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसबारे अभिनेता आफैँले सोसल मिडियामार्फत् जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण