जिसस कालिकोटमा माओवादी केन्द्र विजयी
कालिकोट जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व जमाएको छ । प्रमुख÷उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको हो ।
प्रमुखमा माओवादी केन्द्रका धनजित शाही विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही विजयी भएका हुन् । उनलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले साथ दिएका थिए । उपप्रमुखमा पनि माओवादी केन्द्रकै मिना रावत विजयी भएकी छन् ।
जम्मा १८ मत रहेको कालिकोटमा गठबन्धनका उम्मेदवारहरूले १५ र एमालेका उम्मेदवारहरूले दुई मत मात्र पाए । बाँकी एक जना मतदाता उपस्थित भएनन् । सदस्यमा पनि माओवादीकै वर्चश्व रहेको छ । माओवादी केन्द्रका ४, काँग्रेसका दुई र एकीकृत समाजवादीका एक जना सदस्य निर्वाचित भएका छन्। यहाँ माओवादी, काँग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारको तालमेल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण