अपहरणपछि हत्या अभियोगमा वडाध्यक्षसहित तीन जना थुनामा
निर्वाचनका बेला एक महिलालाई अपहरणपछि हत्या गरेको अभियोगमा रुकुम पूर्वको जिल्ला अदालतले त्यहाँका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष कुमारसिंह , पूर्व वडाध्यक्ष जयकुमार बुढा र माओवादी केन्द्रका गाउँ नेता अर्जुन कुमार बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
सोमबार जिल्ला न्यायधीश सनतचन्द्र लवटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिई सोमबार नै उनीहरूलाई थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम ( पूर्व ) का प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले जानकारी दिए । निर्वाचन प्रचारका क्रममा वैशाख १९ गते गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य झडप भएको थियो ।
त्यस दिन पछि बेपत्ता भएकी सोही वडाकी ४१ वर्षीया जुनामाया बुढाको वैशाख २६ गते जंगलमा शव फेला परेको थियो । मृतकका बाबुले माओवादी केन्द्रबाट विजयी भएका वडाध्यक्ष सिंहसहित ६ जनाले अपहरण गरी हत्या गरेको जाहेरी दिएका थिए । सोही अनुसन्धान गर्दै जाँदा वैशाख ३० गते वडाध्यक्ष सहित तीन जना पक्राउ परेका थिए । आरोपित अन्य तीन जना कृष्णबहादुर बुढा, जनक कामी र विष्णु बुढा हालुसम्म फरार रहेका छन् । निर्वाचनको मत परिणाम घोषणा नहुँदै पक्राउ परेका सिंह मत परिणाम पछि काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई ५८ मतान्तरले पराजित गरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण