शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा कम्पनी चुक्ता पुँजी बढाउने अभियानमा

मङ्गलबार, १३ असार २०७४, १३ : ३१
मङ्गलबार, १३ असार २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले दुई बर्ष अघि बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजी बढाउनुपर्ने वाध्यकारी व्यवस्था ल्यायो । बैंक वित्तिय संस्थाको संख्यात्क वृद्धिमात्र भएकाले तीनको नियमन र व्यवस्थापनमा गम्भिर चुनौती देखेपछि केन्द्रिय बैंकले फोर्स मर्जर सहितको पुँजी वृद्धि योजना अघि सारेको थियो । 


केन्द्रिय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जरमा लैजाने योजना सहित पुँजी वृद्धिको रणनीति लिएपनि सोचेअनुसार संख्यात्मक रुपमा घटाउन भने सकेको छैन । तर, यो वीचमा धेरै संस्थाले आफ्नो मजवुतीको लागि पुँजी वृद्धि गर्ने काम भने गरेका छन् । कतिपयले मर्जमा गएका छन् भने केहीले अन्य संस्था प्राप्ति गरेका छन् । यसले केही हदसम्म केन्द्रिय बैंकलाई नियमन, सुपरिभिजनमा सहजता भने मिलेको छ । 


चुक्ता पुँजी वढेपछि वित्तिय संस्थामा अन्य कुरामा समेत व्यवस्थापन सहज हुन सक्ने हुन्छ । सोही कारण पनि यो रणनीति लिइएको थियो । केन्द्रिय बैंकले जसरी बैंक तथा वित्तिय संस्थाको पुँजी वढाउने योजना अघि सा¥यो त्यसैगरि, बीमा समितिले पनि केही समय अघि बीमा कम्पनीको पुँजी वढाउनुपर्ने व्यवस्था गरेको छ । लामो समय राष्ट्र बैंकमा बसेर बीमा समितिको अध्यक्षको जिम्मेवारी पाएका चिरञ्जीवी चापागाईले बीमा समितिमा आएपछि बीमा कम्पनकिो पनि चुक्ता पुँजी वढाउनुपर्ने व्यवस्था लागु गरेका हुन् । 


बीमा समितिको यो व्यवस्थापछि अहिले बीमा कम्पनीहरु पनि धमाधम चुक्ता पुँजी बढाउने अभियानमा जुटेका छन् । चुक्ता पुँजी वृद्धिकै लागि बीमा कम्पनीहरुले धमाधम हकप्रद सेयर खुला गरिरहेका छन् । 


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि आगामी असार ३० गतेवाट हकप्रद सेयर खुला गरेको छ । उसले पुँजी वढाउनकै लागि १ः१ का दरले हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पुँजी ७८ करोड पुग्ने जनाइएको छ । 


यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आगामी असार २८ गतेवाट हकप्रद सेयर विक्रि खुला गर्ने भएको छ । कम्पनीले पुँजी वृघिका लागि १ः१६६ का दरले हकप्रद विक्रि खुला गर्न लागेको हो ।


यो हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ७२ लाख पुग्ने जनाइएको छ । बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले पुँजी वृद्धि गर्न वाध्यकारी व्यवस्था गरेजस्तै बीमा कम्पनीले पनि अव चुक्ता पुँजी वढाउनुपर्ने व्यवस्था अनुसार उसले पनि हकप्रदको साथ लिएको हो । 


केही दिन अघि मात्र गुराँस लाइफ इन्स्योरेन्सले पनि चुक्ता पुँजकिो ५० प्रतिशत हकप्रद दिने निर्णय गरेको छ । उसले चुक्ता पुँजी वढाउनकै लागि ५० प्रतिशत हकप्रद र ८ प्रतिशत वोनस दिने निर्णय गरेको थियो । यसले पनि अहिले बीमा कम्पनहिरु धमाधम चुक्ता पूजी वढाउने अभियानमा लागेको प्रष्ट भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप