कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन

कास्की । कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं २४ गणले ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरेको छ । पोखरा महानगरपालिकासँगको समन्वयमा भइरहेको तालिम आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ ।
गणका गणपति एवं सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले महानगरभित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थीलाई विपद् वयवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिए ।
उनका अनुसार यही जेठ २१ गतेदेखि सुरू भएको तालिममा प्रशिक्षार्थीलाई नेपालमा विपद् व्यवस्थापन प्रणाली, बाढीपहिरो तथा डुवान, अग्नी नियन्त्रण, वन डढेलोलगायत विपद्मा डोरीद्वारा गरिने उद्धार, भुकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उद्धार सामग्रीको प्रयोगलगायत विषयमा तालिम दिइने छ ।
पानीमा हुने उद्धार अभ्यास पनि सञ्चालन गरिने गणपति तिमिल्सेनाले बताए । ‘विपद्को समयमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको तत्कालै अधिकतम प्रयोग गरी विपद् प्रतिकार्यमा जुट्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड