खोलामा डुबेर बालिकाको मृत्यु
शनिबार, २४ जेठ २०८२, २१ : २९
सारांश
- नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीस्थित खोलामा पौडी खेल्ने क्रममा एक ८ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।
- स्थानीयले बालिकाको उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषित गरे।
- घटनास्थलमा अन्य बालबालिकाहरू पनि पौडी खेलिरहेका थिए र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो ।
डुबेर अचेत भएकी बालिकालाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।
चार–पाँच जना बालबालिकाहरू पौडी खेल्न गएकामा रोषना डुबेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण