आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

खोलामा डुबेर बालिकाको मृत्यु

शनिबार, २४ जेठ २०८२, २१ : २९
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीस्थित खोलामा पौडी खेल्ने क्रममा एक ८ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।
  • स्थानीयले बालिकाको उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषित गरे।
  • घटनास्थलमा अन्य बालबालिकाहरू पनि पौडी खेलिरहेका थिए र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

नवलपुर  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो । 

डुबेर अचेत भएकी बालिकालाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

चार–पाँच जना बालबालिकाहरू पौडी खेल्न गएकामा रोषना डुबेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप