जिसस मुगु : कमजोर एमाले
स्थानीय तह चुनाव २०७९ सम्पन्न भएलगत्तै यति खेर जिल्ला समन्वय समितिको चर्चा चलेको छ । जिजसको चुनावमा कुन दलको जित हुन्छ भन्ने चासो रहेको छ। सत्ता गठबन्धनको बलियो अवस्था रहेका कारण जिससमा एमालेको दाबी पुगेको छैन।
चार स्थानीय तह रहेको मुगुमा एमाले कुनै पनि स्थानीय तहको नेतृृत्वमा पुग्न सकेन । जिल्लामा रहेका छायानाथ रारा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर र उपमेयर रहेका छन् भने मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष रहेको छ र नेकपा एमाले उपाध्यक्ष जितेको छ ।
सोरु गाउँपालिकामा नेकपा एस अध्यक्ष र खत्याड गाउँपालिकामा पनि गठबन्धनबाट नेकपा माओवादी केन्द्र अध्यक्षमा विजयी भएको छ । यसले गर्दा जिसस मुगुमा एमाले कमजोर देखिएको छ । उम्मेदवारी दर्ताका लागि आजको लागि समय तोकिएको थियो। जहाँ सत्ता गठबन्धनका दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनबाट प्रमुखमा काँग्रेसका मञ्जन कार्की र उपप्रमुखमा कांग्रेसकै नैली कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । जिसस सदस्यमा काँग्रेसबाट एक खुला पुरुष सदस्य, एक दलित अल्पसंख्यक सदस्य सहित तीन महिला सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रले एक खुला पुरुष सदस्य र एकीकृत समाजवादीले एक खुला पुरुष सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । जिल्लामा रहेका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकामा एक मात्र नेकपा एमालेको उपाध्यक्ष जितेको थियो उक्त नेतृत्वमा पुग्न प्रस्तावक र समर्थक नपाएपछि एमालेले उम्मेदवारी दर्ता गराएको छैन ।
जिससमा काँग्रेसको एकल बहुमत भएपनि तीन दलीय गठबन्धनलाई कायम राख्न माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एक सदस्य दिएको नेपाली काँग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण