युक्रेनको महत्वपूर्ण सहर रुसी सेनाको कब्जामा
बिहीबार, २६ जेठ २०७९, ०६ : ३१
रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।
मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने ।
‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कनुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण