शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा काँग्रेसका बागी उम्मेदवार विजयी

बिहीबार, २६ जेठ २०७९, १६ : १८
बिहीबार, २६ जेठ २०७९

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली काँग्रेसका उपसभापतिसमेत हुन् । 

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छिन् । 

अन्य सात जना सदस्यमा मिश्रित नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा विक (नेकपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र)०, अङ्गबहादुर शाही (नेपाली काँग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्

दैलेखका ११ स्थानीय तहमा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । काँग्रेसले नौ, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप