अभिनेत्री नयनताराले गरिन् निर्देशक विग्नेशकसँग विवाह
साउथ (दक्षिण भारतिय) फिल्म उद्योगकी लेडी सुपरस्टार नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनको निर्देशक विग्नेश सिवानसँग बिहिबार (आज) विवाह भएको हो ।
नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए ।
विवाहको रिसेप्शन १० जुन अर्थात शुक्रबार राखिएको छ । रिसेप्शनमा तमिलनाडुका सीएम एमके स्टालिन, शाहरुख खान, रजनीकान्त, कमल हासन, चिरञ्जीवी, सुरिया, कार्ती, विजय सेतुपति, सामन्था रुथ प्रभु लगायत साउथ र बलिउड फिल्म उद्योगमा थुप्रै सेलिब्रेटी सहभागी हुनेछन् ।
नयनतारा र विग्नेशको पहिलो पटक फिल्म सेटमा भेट भएको थियो । जुन फिल्मका निर्देशक विग्नेश नै थिए । पहिलो भेटबाटै दुबै नजिक भएका थिए । ६ बर्षको डेटपछि उनीहरुले २५ मार्च २०२१ मा इन्गेजमेन्ट गरेका थिए । नयनतारा र विग्नेशलेसँगै काम गरेको फिल्म ‘कठुवाकुला रेन्दुकढल’ गत २८ अप्रिलमा रिलिज भएको थियो । फिल्ममा विजय सेतुपति, नयनतारा र सामन्थाको मुख्य भुमिका छ । रोमान्टिक कथामा निर्माण भएको फिल्म यो विग्नेश निर्देशित नयनताराको अभिनित दोस्रो फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण