शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

जिसस मुगुको प्रमुख र उपप्रमुखमा काँग्रेस निर्विरोध

आइतबार, २९ जेठ २०७९, १९ : १३
आइतबार, २९ जेठ २०७९

जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा काँग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् । 

सदस्य पदमा काँग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् । सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृतक पुण्यप्रसाद सापकोटाले बताए ।

काँग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए । तीन दलीय गठबन्धन जोगाउन काँग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँच जना सदस्य र माओवादी र समाववादीलाई एक(एक सदस्य भाग परेको काँग्रेस सभापति ऐनबहादुर शाहीले जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप