शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रद्धा कपुरका भाइ ड्रग्स केसमा पक्राउ

सोमबार, ३० जेठ २०७९, ११ : १७
सोमबार, ३० जेठ २०७९

बलिउड नायिका श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ । मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ । बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डिजेको रुपमा बोलाइएको थियो । पार्टीमा सिद्धान्तसहित ६ जनामा लागुऔषध परीक्षण पोजेटिभ देखिएको छ ।

यसबारे उनका पिताले आफ्नो बयानमा भनेका छन्, ‘म एउटै कुरा भन्न सक्छु कि यो सम्भव नै छैन ।’

ड्रग्स कहाँ खाए त्यो थाहा छैन

बेंगलुरु सिटी इस्ट डिभिजनका डिसीपी डा. भीमशंकरले सबैजनाले ड्रग्स पार्टीमा नै सेवन गरेका थिए वा होटलबाट खाएर आएका थिए भन्ने स्पष्ट नभएको बताएका छन् । सबै आरोपीलाई उलसुर प्रहरी स्टेशनमा ल्याइएको छ ।

सुशान्तको केसमा श्रद्धासँग एनसीबीले सोधपुछ गरिसकेको छ

सुशान्त सिंह राजपूत ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरोको सोधपुछ सूचीमा श्रद्धा कपुर पनि समावेश थिइन् । यद्यपि, उनीविरुद्ध कुनै ठोस प्रमाण भेटिएन । श्रद्धा कपुर, सारा अली खान र दीपिका पादुकोणसँग सेप्टेम्बर २०२० मा ह्वाट्सएप च्याटमा नाम आएपछि सोधपुछ गरिएको थियो ।

सिद्धान्त कपुरको करियर

सिद्धान्त कपुर बलिउड अभिनेता शक्ति कपुरका छोरा हुन् । उनले आफ्नो करियरको सुरुवात सन् १९९७ मा रिलिज भएको फिल्म जुड्वाबाट गरेका थिए । सिद्धान्तले अगली, जज्बा, हसिना पारकर, पलटन, हेलो चार्ली र चेहरेजस्ता फिल्ममा काम गरेका छन् । सिद्धान्त हालै रिलिज भएको सिरिज भौकालमा पनि देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप