बक्स अफिसमा धमाका मच्चाउँदै कमल हसनको ‘विक्रम’
साउथ सुपरस्टार कमल हसनको फिल्म ‘विक्रम’ ले बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले ११ दिनमा विश्वभर ३२२ करोडभन्दा बढीको कमाई गरेको छ । यति मात्र होइन, फिल्मले भारतबाट मात्रै २२० करोडभन्दा बढीको व्यापार गरेको छ । योसँगै यो कमल हसनको करियरको उत्कृष्ट फिल्म पनि बनेको छ ।
‘विक्रम’को सफलतापछि अब हालैको एक अन्तर्वार्तामा कमल हसनले यो फिल्मबाट जति पैसा कमाउन लागिरहेको छ, त्यसले अब आफ्नो सबै ऋण तिर्न सक्ने बताएका छन् । उनले पनि भने, "अब म मेरो सबै ऋण तिर्न सक्छु। म आफ्नो मनपर्ने सामग्रीमा मात्र काम गर्नेछु। म मेरो परिवार र साथीहरूलाई जे चाहन्छु, त्यो दिन सक्छु।" उनले यो पनि खुलासा गरे कि पहिले जब उनी आफ्नो फिल्मले ३ सय करोड कमाउनेछ भन्दा, कसैले पत्याएका थिएनन्।
रिपोर्टका अनुसार १५० करोडको बजेटमा बनेको फिल्मले ११ दिनमा भारतका सबै भाषामा २२०.७५ करोड कमाएको छ । योसँगै फिल्मले हालसम्म विश्वभर ३२२.१५ करोडको ग्रस बक्स अफिस कलेक्सन गरेको छ । यो फिल्म विश्वभर ३२०० स्क्रिनमा रिलिज भएको थियो ।
यो एक्सन ड्रामा फिल्मलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । फिल्ममा कमल हासनका अलावा विजय सेतुपति, फहद फाजिल, कालिदास जयराम, नारायण, एन्टोनी वर्गीस र अर्जुन दासको पनि मुख्य भूमिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण