साउदी अरबलाई पछि छाड्दै रुस बन्यो भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता
विश्वका धेरै मुलुकको प्रतिबन्धका बाबजुत रुस भारतको दोस्रो ठूलो पेट्रोलियम आपूर्तिकर्ता बनेको छ । युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि युरोपियन मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल खरिद घटाइरहेका छन् । तर, यही समयमा रुसले भारतीय तेल बजारमा दोस्रो स्थान हासिल गरेको हो ।
यसअघि, साउदी अरब भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता राष्ट्र थियो । भारतमा तेल निर्यात गर्ने पहिलो मुलुकको सूचीमा इरान कायमै छ । तर, यही गतिमा भारतले रुसको तेल खरिद गर्दै गएमा इरान समेत पछि छुट्ने अड्कलबाजी गर्न थालिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भारतका तेल प्रशोधन कम्पनीहरूले मे महिनामा रुसबाट २.५ अर्ब ब्यारेल तेल किनेका छन् । यो भारतले आयात गर्ने कुल इन्धनको १६ प्रतिशत हिस्सा हो । जबकी, यही वर्षको अप्रिल महिनासम्ममा समुन्द्र मार्ग हुँदै रुसबाट भारत आउने तेलको हिस्सा ५ प्रतिशतमा सिमित थियो । यस्तै, यही वर्षको पहिलो ३ महिनामा एक प्रतिशतभन्दा न्यून थियो ।
यद्यपी, रुसबाट तेल आयात बढेपछि अन्तर्राष्ट्रिय समुदायले भारतमाथि लगातार दबाब बढाइरहेका छन् । जसको जवाफमा भारतले सस्तो भएकाले रुसबाट किन्दै आइरहेको भन्दै आफ्नो बचाउ गरिरहेको छ । रुसबाट भइरहेको तेल आयातको बचाउ गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भने, ‘भारतले रुसबाट अहिलेसम्म जति तेल किनेको छ । त्यति तेल युरोपियन मुलुकले एक दिनमै किन्छन् ।’
अमेरिका र चीनपछि भारत तेल प्रयोग गर्ने विश्वको तेस्रो ठूलो मुलुक हो । र, भारतले देशमा खपत हुने कुल तेलमध्ये ८५ प्रतिशत तेल आयात गर्दै आइरहेको छ । यसैगरी, युक्रेनमाथि हमला सुरू गरेको १०० दिनभन्दा बढी भइसकेको समयमा रुसले तेल बेचेर पहिलाभन्दा धेरै कमाई गरेको छ । एक रिपोर्टका अनुसार रुसले यस १०० दिनको अवधिमा तेल बेचेर १०० अर्ब अमेरिकी डलर आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण