कार्यान्वयन गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर बजेट ल्याएका हौं : अर्थमन्त्री विष्ट
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले प्रदेश सरकारले खर्च गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर बजेट ल्याइएको बताएका छन् । बजेट धेरै ल्याउने तर कार्यान्वयनको अवस्था उस्तै हुने हुनाले कार्यान्वयन गर्न सकिने खालको बजेट ल्याउने प्रयास गरिएको उनले बताए ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री विष्टले भने,‘ आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट साउन महिना देखिनै कार्यान्वयन हुन्छ । किनकी हामीले विगतमा खर्च नहुनुको कारणबारे शिक्षा लिएका छौं ।’
मन्त्री विष्टले कर्णाली सरकारले हालसम्म गरेका गतिविधिबाट जनताले लाभ लिन नसकेको स्वीकार गरे । ‘हो खानेपानीको आयोजना छ, तर घरको धारोमा पानी छैन, सडक छ तर सवारी साधन चल्न सक्ने अबस्था छैन,’उनले भने,‘आगामी बजेटले ती योजनालाई पूर्णरुप दिएर जनतालाई प्रदेश सरकारले काम गरेको अनुभूति प्रदान गर्ने छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण