१० वर्ष कान्छो प्रेमीसँग विवाह गर्दै अभिनेत्री मृणाल
‘नागिन ३’ र ‘इस्कबाज’ जस्ता चर्चित सिरियलको अलवा केही फिल्म समेत अभिनय गरेकी अभिनेत्री मृणाल देशराज विवाह बन्धनमा बाँधिँदै छिन् । ४३ वर्षीय देशराजले आफू भन्दा १० वर्ष कान्छो प्रेमी आशिम मथनसँग विवाह गर्न लागेकी हुन् ।
केही अगाडि उनले इन्गेजमेन्टको जानकारी तस्बिर सार्वजनिक गर्दै गराएकी थिइन् । जुन तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । अहिले उनको विवाह कार्यक्रम समेत सुरु भएको छ । उनले आफ्नो मेहन्दी सेरोमोनीको तस्बिर सार्वजनिक गर्दै विवाह कार्यक्रम सुरु भएको जानकारी दिएकी हुन् । तस्बिरमा साथ उनले लेखेकी छन् ‘प्रेम मेहन्दी हो । मेहेन्दीबाट विवाह कार्यक्रम सुरु भएको छ ।’
मेहन्दी कार्यक्रममा उनले पिङ्क आउटफिट लगाएकी छन् । जसमा उनलाई निकै खुसी देख्न सकिन्छ । आशिम देशराजको ५ प्रेमी हुन् । उनले ४ पटक प्रेममा धोका खाइसकेको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण