नेपाली सेनालाई विवादमा तानिने घटनाक्रम सुन्दर सङ्केत होइन : महामन्त्री शर्मा
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढङ्गले संसद्मा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।
नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कार्यक्रम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलुकको हित विपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्याए । महामन्त्री थापाले भने, ‘देशको समुन्नतिका लागि चीनले सहयोग गरोस्, हामी लिन तयार । भारतले सहयोग गरोस् हामी लिन तयार । अमेरिकाले सहयोग गरोस् हामी लिन तयार । तर, नेपालको राष्ट्रिय स्वार्थलाई राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्रै हामी त्यो लिन तयार । हामीले चीनसँग बीआरआई गर्दै गर्दा, अमेरिका रिसाउला कि भन्ने चिन्ता गरेनौँ । अमेरिकासँग एमसीसी गर्दै गर्दा चीन रिसाउला कि हामीले चिन्ता गरेनौँ । हामीले दुवैलाई भन्यौ–हामी दुवैको साथ चाहन्छौँ, दुनियाँ सबको साथ चाहन्छौँ । नेपाली जनताको हितका लागि, नेपाली जनताको मुस्कुराहटको लागि, नेपालको समुन्नतिको लागि ।’
उनले थपे, ‘तर, अहिले एसपीपी जो आएको छ । तपाईंहरू सबैले हेर्नु भो । यसले २÷३ वटा कुरालाई सार्वजनिक रूपमा क्लियर गरेको छ । एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भीर रहेनछौँ । कुनै पत्र लेखिन्छ । पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ । पत्र पाउनेले पाइसक्छ । लेख्नेले लेखिसक्छ । न तपाई थाहा पाउनु हुन्छ, न म थाहा पाउँछु । न सरकारले थाहा पाउँछ । अनि संसद्मा उभिएर कसैले आक्षेप लगाउने ढङ्गले भनी दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौँ, काँग्रेस गम्भीर भएन भनेर भनी दिनुहुन्छ । २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नु भयो । उहाँहरूकै पालामा त्यसरी लेखिएको रहेछ । त्यसैले अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन । यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर सङ्केत होइन ।’
अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्वको संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर सङ्केत नभएको उनको भनाइ थियो । उनले भने, ‘अनि यस्तो विषयबस्तु आउँदै गर्दा एकले अर्कोलाई खसाल्ने ढङ्गले अभिव्यक्तिहरू आउने कुरालाई राष्ट्रिय एकतालाई बलियो बनाउने होइन, कमजोर बनाउने र यस्ता विषयहरूलाई राजनीतिको शिकार बनाउने कुराले समुन्नत राष्ट्र बनाउने कुरामा बाध्य पुर्याउँछ । हामी कुनै पनि प्रकारको सैन्य गतिविधिमा कहिल्यै पनि सामेल हुँदैनौ ।’ महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण