आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शान्तिनगरबाट हराएका किशोरको भारतबाट उद्धार

आइतबार, ०५ असार २०७९, ०७ : ३३
आइतबार, ०५ असार २०७९

काठमाडौंको शान्तिनगरबाट हराएका किशोरलाई प्रहरीले भारतको पटना स्थित रेलवे स्टेसनबाट उद्धार गरेको छ । 

असार १ मा शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट १४ वर्षीय नविन रुवाली हराएका थिए । डेराबाट ‘क्रिकेट खेल्न जान्छु’ भनेर हिँडेका रुवाली सम्पर्कमा नआएपछि डडेलधुराको गन्यापधुरा गाउँपालिका घर भई शान्तिनगर बस्ने उनका दाइले प्रहरीलाई खबर गरेका थिए ।

भारतीय प्रहरी र भारतमा आईपीएस तालिम गरेका नेपाली प्रहरी अधिकृतहरूसँगको समन्वयमा किशोरलाई पटनाबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।   

किशोरलाई नेपाल ल्याएर प्रहरी वृत बानेश्वरले आफन्तको जिम्मा लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप