शान्तिनगरबाट हराएका किशोरको भारतबाट उद्धार
आइतबार, ०५ असार २०७९, ०७ : ३३
काठमाडौंको शान्तिनगरबाट हराएका किशोरलाई प्रहरीले भारतको पटना स्थित रेलवे स्टेसनबाट उद्धार गरेको छ ।
असार १ मा शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट १४ वर्षीय नविन रुवाली हराएका थिए । डेराबाट ‘क्रिकेट खेल्न जान्छु’ भनेर हिँडेका रुवाली सम्पर्कमा नआएपछि डडेलधुराको गन्यापधुरा गाउँपालिका घर भई शान्तिनगर बस्ने उनका दाइले प्रहरीलाई खबर गरेका थिए ।
भारतीय प्रहरी र भारतमा आईपीएस तालिम गरेका नेपाली प्रहरी अधिकृतहरूसँगको समन्वयमा किशोरलाई पटनाबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
किशोरलाई नेपाल ल्याएर प्रहरी वृत बानेश्वरले आफन्तको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण